धादिङमा दुई बस ठोक्किँदा २२ जना घाइते | Khabarhub Khabarhub

धादिङमा दुई बस ठोक्किँदा २२ जना घाइते


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइक्राे बस ठोक्किँदा २२ जना घाइते भएका छन् ।काठमाडौंबाट गोरखाका लागि छटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाडौं पठाइएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बा३ख ६१६४ नम्बरको माइक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : २३ बजे

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ

अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो

एजेन्सी- आईसीसी टी–ट्वान्टी विश्वकप अन्तरगत बंगलादेशलाई ८ रनले पराजित गर्दै

केजरीवालको जमानतलाई उच्च अदालतले गरिदियो खारेज

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज

स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ?

काठमाडौं– नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले जसिता गुरुङसँग

अर्थसंक्षेप : बीआरआइमा हस्ताक्षर नहुने प्रधानमन्त्रीको भनाइदेखि संसदद्वारा बजेट पारितसम्म

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल बीआरआइमा हस्ताक्षर नहुने बताएका