झोलुङ्गे पुलले बिर्सायो वर्षौको दुःख « Khabarhub

झोलुङ्गे पुलले बिर्सायो वर्षौको दुःख


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – कक्षा १२ पढ्ने १८ वर्षीय स्नेहा यादवको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । कक्षा १ देखिको अध्ययन यात्रामा अनेकौँ दुःख संघर्ष झेल्नुभएकि कोटहीमाइ–१ बोगदिया बस्ने स्नेहालाई अहिले एउटै कुराले ठूलो खुसी दिएको छ । यसरी खुसी हुनुको कारण हो, दानव खोलाको झोलुङ्गे पुल ।

“यसअघि सुख्खायाममा बाँसेपुल र वर्षायाममा डुङ्गा चढेर बेतकुइयाँ पढ्न पुग्नुपर्ने हुन्थ्यो । विसं २०७६ को लकडाउनपछि बोटेले डुङ्गा मर्मत गर्न भ्याएनन् र त्यो पनि चल्न छोड्यो । त्यसपछि दुईमोहान हुँदै पाँच किमी बढी दूरी तय गर्नुपर्ने बाध्यात्मक स्थिति आइपर्यो”, उनले बताईन ।

कक्षा सञ्चालनको जनाउ घण्टी सजिलै सुनिने स्नेहाको गाउँबाट उहाँ पढ्ने कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँ पुग्न नदी पार गर्नु मात्रको दूरी रहेपनि यात्रा निकै दुःखदायी थियो । दानव नदीले साँध जोडिएको सम्मरीमाइ ७ बेतकुइयाँस्थित सो विद्यालयमा १२ कक्षासम्म पढाइ हुन्छ ।

“गरिबीले न साइकल दिएको थियो, न त विद्यालय पुग्न बाटोको उचित प्रबन्ध थियो”, सुरज धोबीले भने, “खोलापार गर्ने एकमात्र साधन डुङ्गा पनि कोरोनाकालमा टुटुफुटभइ नचलेर आवागमनमा अवरोध पुगेपछि बेतकुइयाँ पुग्न विकल्पको बाटो रोज्दा लामोदुरी हिँड्नुपर्ने बाध्यता थियो ।”

“आर्थिक, सामाजिक, शैक्षिक र भौतिक सबै किसिमका विकासको अवसरले बोगदिया गाउँलाई छोएको थिएन । नजिकैको बेतकुइयाँ बजार पनि टाढिएको थियो”, अनिल माझीले भने, “दानव खोलामा झोलुङ्गे पुल भएपछि ढुक्क भएर आफ्ना बालबालिकालाई पढ्न बेतकुइयाँ पठाउन थालेका छौ ।”

माझीले भने, “१२ वर्ष पहिला ‘म’ आफू पढ्दा पनि कष्ट झेलेकै हो, वर्षातमा बाढी आएका बेला डुङ्गाको यात्रा जोखिमपूर्ण हुन्थ्यो । हाम्रा अभिभावक र पछि हामीले आफ्ना बालबालिकालाई खोलापारी छोड्न जानुपथ्र्यो ।”

पुल बनेपछि वर्षौ पुराना दुःख बिर्साइदिएको उनले सुनाए । खोलापार गरी नजिकको बजार बेतकुइयाँ पुग्न पनि टाउको दुःखाइ थियो । कोटहीमाइ गाउँपालिका १, बोगदिया स्थित नवदुर्गा आधारभूत विद्यालयमा ५ कक्षासम्म पढेपछि कि पढाइ छोड्नुपर्ने यवा दुःख गरी टाढाको विद्यालय पुग्नुपर्ने विद्यार्थीको बाध्यता थियो ।

शैक्षिक सत्र २०७६ मा बोगदिया गाउँका १२ विद्यार्थी बेतकुइयाँ मावि कक्षा छ मा अध्ययनरत थिए । विसं २०७७ मा नवदुर्गा आधारभूत विद्यालयबाट कक्षा पाँच उत्तीर्ण गरेका २५ विद्यार्थी कक्षा छ मा भर्ना हुनुपर्नेमा सोमध्ये एक जनाले मात्र नयाँ भर्ना भएकोे बेतकुइयाँ विद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी विसं २०७८ मा २७ विद्यार्थीले ५ कक्षा उत्तीर्ण गरे पनि नदीमा डुङ्गा नचलेकै कारण त्यहाँबाट बेतकुईयाँमा नयाँ भर्ना शून्य रह्यो । विसं २०७९ मा दानव नदीमा झोलुङ्गे पुल तयार हुने आश देखिदै गर्दा नयाँ भर्ना हुनेको सङ्ख्या १२ जनाभन्दा पुगेको बेतकुइयाँ माविका नि। प्रधानाध्यापक राजेश यादवले बताए ।

सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष तथा कृषक आदर्श मावि बेतकुइयाँका निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य जगन्नाथप्रसाद कुर्मीले बोगदिया–बेतकुइयाँ सम्बन्ध निकै पुरानो रहेको बताए । उनले भने, “मर्चवारकै पहिलो विद्यालय र पुरानो हाट बजार रहेको बेतकुइयाँमा जोखिम मोलेरै पनि यी दुई गाउँको दैनिक आवतजावत थियो ।”

सुख्खायाममा बाँसेपुल बनाइन्थ्यो भने वर्षा याममा नदीपार गर्न डुङ्गाको प्रबन्ध थियो तर बीचमा केही वर्षसम्म सम्बन्ध पात लिएको उनले बताए। उनले भने, “कोरोनाको कहरसँगै विसं २०७६ बाट अलग देखिएको दुई गाउँको सम्बन्धलाई लुम्बिनी प्रदेश सरकारको बजेटमा बनेर यसैवर्षको असोजदेखि सञ्चालनमा आएको झोलुङ्गे पुल बनेपछि पुनःस्थापित गरेको छ ।”

अहिले बेतकुइयाँ बजारमा बोगदियाका व्यापारी र किनमेल गर्ने सर्वसाधारणको घुइँचो देखिने गरेको सम्मरीमाइ ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, “दुई गाउँबीचको पुरानो सम्बन्ध जोड्न यसैवर्ष बनेर सञ्चालनमा आएको झोलुङ्गे पुलले हामीमा नयाँ उत्साह थपेको छ । चाहँदा चाहँदै पनि आफ्ना बालबालिकाको पढाइ छुटाउनुपर्ने बोगदियावासीको पीडा अब अब भने सकिएको छ ।”

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ५३ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत