बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा « Khabarhub

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ९७ रन बनायो । जसमा सन्तोष विजलेले ३६ रनको योगदान गरे ।

कुल ९८ रनको लक्ष्य पछ्याएको कालशैनी ६८ रनमा समेटियो । उसका लागि टेकेन्द्र चन्दले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । एनआरवाइसीका लागि सन्तोष विजलेले ४ विकेट हात पारे । सन्तोष खेलका प्लेयर अफ द म्याच भए ।

यस्तै आजै भएका अन्य खेलहरुमा एनआरवाइसी बी, कालशैनी, नागार्जुन सिम ए विजयी भएका छन् । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता पुस १९ मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।

गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ३७ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको