लुम्बिनीमा खाना महोत्सव सुरु « Khabarhub

लुम्बिनीमा खाना महोत्सव सुरु


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल – नवौँ लुम्बिनी खाना महोत्सव आजदेखि लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“अब लुम्बिनीभित्र मात्र होइन, बाहिर पनि आहा भन्ने बनाउनुपर्छ, त्यसका लागि सबैको सहकार्य जरुरी छ”, उनले भने। लुम्बिनीमा सरसफाइ र सौन्दर्यीकरण आवश्यक रहेकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।

“सरकार एक्लैले केही गर्न सक्दैन सबै स्थानीय मिलेर सरसफाइ अभियान चलाउनुपर्छ । फोहर यत्रतत्र नफालौं”, उनले भने, “हामी गौतमबुद्ध जन्मस्थलका नागरिक भएकाले आनिवानी बदल्न जरुरी छ ।”

उहाँले अब आर्थिक गतिविधि बढ्ने र होटल व्यवसायले गति लिने विश्वास व्यक्त गरे । “कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर गरेको छ । अब व्यवसायीले अपनत्व लिने गरी सरकारले नयाँ निर्णय लिने छ”, उनले भने ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले अहिलेसम्म लुम्बिनी गुरुयोजना पूरा गर्नमा ध्यान केन्द्रित गरेको बताउँदै अब लुम्बिनी आसपासको विकासमा सहकार्य गर्ने बताए। लुम्बिनीमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै उनले नजिकका पालिकासँग समन्वय गरेर निकास निकाल्न आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ०१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई