लुम्बिनीमा खाना महोत्सव सुरु « Khabarhub

लुम्बिनीमा खाना महोत्सव सुरु


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल – नवौँ लुम्बिनी खाना महोत्सव आजदेखि लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“अब लुम्बिनीभित्र मात्र होइन, बाहिर पनि आहा भन्ने बनाउनुपर्छ, त्यसका लागि सबैको सहकार्य जरुरी छ”, उनले भने। लुम्बिनीमा सरसफाइ र सौन्दर्यीकरण आवश्यक रहेकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।

“सरकार एक्लैले केही गर्न सक्दैन सबै स्थानीय मिलेर सरसफाइ अभियान चलाउनुपर्छ । फोहर यत्रतत्र नफालौं”, उनले भने, “हामी गौतमबुद्ध जन्मस्थलका नागरिक भएकाले आनिवानी बदल्न जरुरी छ ।”

उहाँले अब आर्थिक गतिविधि बढ्ने र होटल व्यवसायले गति लिने विश्वास व्यक्त गरे । “कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर गरेको छ । अब व्यवसायीले अपनत्व लिने गरी सरकारले नयाँ निर्णय लिने छ”, उनले भने ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले अहिलेसम्म लुम्बिनी गुरुयोजना पूरा गर्नमा ध्यान केन्द्रित गरेको बताउँदै अब लुम्बिनी आसपासको विकासमा सहकार्य गर्ने बताए। लुम्बिनीमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै उनले नजिकका पालिकासँग समन्वय गरेर निकास निकाल्न आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ०१ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत