अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा पर्यटक खचाखच « Khabarhub

अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा पर्यटक खचाखच


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दमौली-अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।नयाँ वर्ष मनाउन तथा घुमघाम गर्ने उद्देश्यसहित आन्तरिक तथा बाहय पर्यटक बन्दीपुर आएको होटल दरबार हिमालयनका सञ्चालक वैश गुरुङले बताए।

“अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विदेशीभन्दा स्वदेशी पर्यटकको चाप छ”, गुरुङले भने । उनका अनुसार आज साँझदेखि थप पर्यटक बन्दीपुर उक्लिने अनुमान गरिएको छ ।

नयाँ वर्ष मनाउन पोखरा, चितवन वा अन्यत्र जाने पर्यटक विगत केही वर्षयता बन्दीपुर आउन थालेका छन् । “बन्दीपुरमा यस वर्ष सडक खाना महोत्सव आयोजना गरिएको छ, अन्यत्र जिल्ला नगई जिल्लाभित्रै नयाँ वर्ष मनाउने प्रचलन बढेको छ”, गुरुङले भने, “यो बन्दिपुरको पर्यटनका लागि राम्रो हो ।”

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्षसँगै बन्दीपुर आन्तरिक पर्यटकले भरिएको बताए । जाडो सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल स्वभाविकरूपमा वृद्धि हुन्छ । बन्दीपुरमा अरु दिनको तुलनामा बिदाको दिनमा पर्यटकको चाप बढी हुन्छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धवलागिरिलगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएर बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिन्छ ।

पुरानो घरको आकर्षणले पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ५५ बजे

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य