प्रदेश १ को पहिलो संसद बैठक आज « Khabarhub

प्रदेश १ को पहिलो संसद बैठक आज


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतबार बस्दैछ।

४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन्।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ।

त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ०१ बजे

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं– बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

कसरी भइरहेकाे छ एनपीएल उद्घाटनको तयारी ? सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु