बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकियो « Khabarhub

बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकियो


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ।

घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए।

७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए। खेलमा दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए।

७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो। ८०औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो। उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेका हुन्।

खेलको ८४औं मिनेटमा रेफ्रीले स्पान्योलका लिआन्द्रो काब्रेलालाई रातो कार्ड दिएपछि भिएआरको सहायतामा फिर्ता लिएका थिए।

नतिजासँगै १५ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो। समान अंकको रियल म्यड्रिड दोस्रो स्थानमा छ। स्पान्योल समान खेलबाट १३ अंकका साथ १६ औं स्थानमा छ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ४२ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर