नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य : उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य : उपराष्ट्रपति पुन


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन्।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल  उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताए।

बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उनको भनाइ छ।

उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताए। कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उनको भनाइ थियो।

नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने भन्दै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको जनाए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा (एमाले)का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गरे।

सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको सुनाए।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए। काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरे।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताए।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ०५ बजे

बागमतीका निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर, साढे तीन करोड गैरकानुनी सम्पत्ति भेटियो

काठमाठौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक

अमेरिकासँग तनावबीच चीन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य