रविको उदय नै माओवादी र एमाले विघटनमा जानु हो « Khabarhub

रविको उदय नै माओवादी र एमाले विघटनमा जानु हो

पार्टी खोलेको ६ महिनामै शक्तिशाली मन्त्री


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मुलुकमा भर्खरै बहुदल पछिको २८ औं र २०६४ पछिको १३ औं सरकार गठन भएका छ। सरकारमा नयाँ भनिएका राजनीतिक दलको पनि सहभागिता छ। के ती राजनीतिक दलले जनताका जनअपेक्षालाई सम्बोधन गर्ने काम गर्लान् ? नयाँ सरकाको प्राथमिकता के होला ? यसै विषयमा आधारित भएर नागरिक समाज तथा मानव अधिकार अगुवा गणेश मण्डलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

यो सरकारको प्राथमिकतामा के हुनुपर्छ ?
लोकतन्त्रमा जनमतको सम्बोधन हुनु पर्दछ। गठबन्धनको राजनीति गर्दा नेपाली कांग्रेसले हसिँया हथौडा, कलम र रुखको चिह्न लिएर जनतासँग गठबन्धनलाई मत दिनुहोस् भन्यो। तर भोट लिएपछि जनताको विश्वासलाई लात हान्यो। त्यसमा बढी प्रचण्डको दोष देख्छु।

सरकार टिकाउनु मात्र ठूलो कुरा हो ?
यो जनमतको सरकार नै होइन। यो पाँचदेखि सात जना नेता मिलेर बनेको सरकार हो। सबै कुरा गणित होइन। सबै भन्दा ठूलो कुरा भनेको नैतिकता हो। नयाँ सरकार गठन गर्ने यो प्रक्रिया गलत छ। पहिलो दलले सरकार बनाउन नसक्दा दोस्रो दलले बनाउनु पर्ने हो। त्यसैले यो सरकार धेरै टिक्दैन। दलको घोषणा पत्रमा उल्लेख भएका कुरा समेटिएन भने मत नै पाउँदैनन्। त्यसैले यो सरकारले विश्वासको मत पाउँदैन र बजेट पास गर्न सक्दैन।

नयाँ दलले दिएको धक्कापछि पनि दल परिवर्तन हुन सकेनन् ?
अहिले नयाँ दलहरू यो राजनीतिलाई सुधार गर्ने भनेर आएका छन्। सबैको उद्देश्य भनेको यो फोहोरले भरिएको पोखरीलाई सफा गर्नु हो। अहिलेको राजनीतिमा फोहोरले भरिएका पाँच नेतालाई सुधार गर्नु आवश्यक छ। दलहरूले जसरी जनताको मन जितेर आएका छन्। अब त्यसरी नै राष्ट्रको काम गर्नुपर्यो। भाषणमा बोलेको कुरा पुरा भएन भने विश्वासको मत नै पाउँदैनन्।

नव नियुक्त गृहमन्त्रीको नागरिकता विचाराधीन हुँदा यसले सरकारमा कस्तो प्रभाव पार्दछ ?
उनले यो भन्दा अरू मन्त्रालय रोजको भए हुन्थ्यो। अदालतलाई हामीले हस्तक्षेप गरेर बोल्न मिल्दैन। त्यसको निर्णय अदालतले गर्दछ। यसले यो सरकारलाई धेरै असर गर्दछ। यो निर्वाचनबाट क्लियर छवि भएको व्यक्ति आएनन् भन्ने भयो। एक दुई जनाले नै देशलाई धरापमा पार्लान भन्न त सकिँदैन।

एमालेले आफू ठूलो हुन स्वतन्त्रलाई ल्याएको हो ?
एमाले पहिलो हुने प्रयास गरेको हो। दोस्रो भएपछि पहिलो हुन्छु भन्नु स्वाभाविक हो। प्रचण्डले विश्वासको मत पाएनन् भने एमाले कांग्रेस भन्दा एक सिट मात्र बढी ल्यायो भने संविधानको धार ७८ को उपदफा ३ मा सरकार बन्ने परिस्थिति सिर्जना हुनसक्छ। विश्वासको मत ल्याएन भने संसद् विघटन हुन्छ। प्रत्येक जित्नेलाई मात्र मन्त्री बनाउने ,समानुपातिकलाई नबनाउने भनेको छ। यो गठबन्धनभित्र माओवादी र एमाले दुवै विघटनमा जानु हो रविको आगमन। किनभने पार्टी निर्माण भएको ६ महिना नहुँदै यो देशको सबै भन्दा शक्तिशाली मन्त्री बन्छ भने २० वर्षमा के गर्ला ? जित भनेको पहिलोको नै हुन्छ।

अब कांग्रेसले राम्रो गर्ला ?
कांग्रेस प्रतिपक्षमा हुँदा राणा समाप्त भए। राजविरुद्ध कांग्रेस प्रतिपक्षमा हुँदा राजा सिद्धिए। रैतीबाट कांग्रेसले प्रजा बनायो। प्रजाबाट जनता बनायो र अब जनताबाट नागरिक बनाउने प्रयास कांग्रेसले गर्यो भने कम्युनिस्टको पनि अन्त्य हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : २९ बजे

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित

कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

पाटन– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा