वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामै सीमित « Khabarhub

वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामै सीमित


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सफाइ जागरण फैलाउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ।

महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ। महाअभियानले पाँच सय हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन्।

पुसको चिसोमा पनि जारी सफाइ महाअभियानको ५०३औँ हप्ताको कार्यक्रम शनिबार गौरीघाटमा जारी रह्यो। सफाइबाट नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, सामुदायिक प्रहरी चावहिल, बालसारथी, विभिन्न क्याम्पसका विद्यार्थी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, तिलगङ्गा महिला समूहको सक्रियता रहेको उनले जनाए।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन। महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर एक सय नौ स्थानमा सफाइ भइरहेको जनाइएको छ। यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ३३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड