गोठलापानी बजारमा ‘हर्न निषेध' | Khabarhub Khabarhub

गोठलापानी बजारमा ‘हर्न निषेध’


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लाका केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई पहिलोपटक हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।

बढ्दो ध्वनि प्रदूषणलाई कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

ध्वनि प्रदूषणमुक्त बनाउने उद्देश्यले सुरुमा गोठलापानी बजार क्षेत्रमा लागू गरिएको र विस्तारै जिल्ला अन्य बजारमा पनि लागू गरिने उनको भनाइ छ । बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउन सर्वपक्षीय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको यसलाई पूर्णरूपमा कार्यान्वयनका लागि सरोकारवाला सबैको सहयोगको खाँचो रहेको प्रजिअ पन्थीले बताए । उनले भने, “ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि गोठलापानी बजार क्षेत्रमा हर्न बजाउन नपाइने निर्णय गरिएको छ, कार्यान्वयनमा सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौँ ।”

पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनि प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ । नियमको पालना नगरेको पाइएमा तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : १७ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका