प्रधानमन्त्रीप्रति विश्वासको संकट | Khabarhub Khabarhub

प्रधानमन्त्रीप्रति विश्वासको संकट

‘कांग्रेसले जनताको पक्षमा काम गर्ने मौका पाएको छ’


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दुई वर्ष अगाडि केपी ओली नेतृत्वको सरकार गिराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि ओलीकै समर्थनमा प्रधानमन्त्री बनेका छन्। चुनावमा वाम लोकतान्त्रिक गठबन्धन पाँच वर्षसम्म जान्छ भन्दै मत मागेका नेताहरू अहिले एउटा सत्ताको नेतृत्वमा पुग्दा अर्को दल प्रतिपक्षमा पुगेको छ। के यसरी बनेको सरकारले जनताका अपेक्षालाई सम्बोधन गर्ने सक्ला ? नयाँ सरकारको प्राथमिकता के होला ? यसै विषयमा आधारित भएर नागरिक समाजका अगुवा मानव अधिकारवादी नेता चरण प्रसाईंसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

यो सरकारको प्राथमिकतामा के हुनु पर्छ ?
पहिला कुरा त यो सरकार आफै टिक्नु पर्दछ। यो सरकार तासको घर जस्तो जति बेला पनि ढल्न सक्छ। यसले समर्थन संख्या जति नै ल्याए पनि जग कमजोर छ। पहिला त जगको पुननिर्माण गर्नु पर्दछ । अनि मात्र जनताको इच्छा चाहनालाई सम्बोधन गर्नसक्छ। विश्वासको मत लिए पनि दुई वर्षसम्म यो सरकार अल्पमतमा पर्यो भने टिक्न सक्दैन।

कसरी जग बलियो बनाउने ?
सरकारको निर्माण गलत ढंगले भएको छ। प्रचण्डलाई आम जनताले प्रधानमन्त्री बन्न दिएको मत नै होइन। सरकार बनाउने मत कांग्रेसलाई दिएको हो। पहिला प्रचण्डले जस्तो अवस्थामा पनि गठबन्धन छोड्दिन र एमालेले प्रधानमन्त्री अफर गरे पनि जान्न भन्दै हिँडेका हुन्। तर उनले अभिव्यक्ति र व्यवहारले जनताको विश्वासमा संकट देखिएको छ। अब उनले बोलेको कुरा पुरा गर्ने रहेनछन् भन्ने आम जनतामा भइसक्यो। अहिले माओवादी र एमालेको साथ भनेको प्रेमको र धोकाको सम्बन्ध जस्तो हो। यो सरकारको बागडोर केपी ओलीसँग छ। ओलीले जति बेला पनि यो सरकार ढाल्न सक्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत न्याय र सुशासनको आधारमा हो। प्रचण्ड र विगतमा पार्टीभित्र कहिल्यै गम्भीर भएनन्। अब पनि गम्भीर नभए २० सांसदले उनलाई छोड्न सक्छन्। राप्रपा भ्रष्टाचार विरोधमा कठोर भएर उत्रिएको छ। त्यतातर्फ यो सरकारको ध्यान गएन। नागरिक उन्मुक्ति पार्टीको माग भनेको रेसम चौधरीको रिहाइ मात्र हो। यो माग अहिलेको सरकारले स्वीकार गर्न कठिन छ। त्यसैले यो सरकार धेरै नटिक्न सक्छ।

जनता र राष्ट्र सरकारको प्राथमिकतामा पर्दैन भन्न खोज्नुभएको हो ?
जनताको इच्छा आकांक्षा अनुसार काम गर्नु पर्ने हो। तर त्यो भएन। युवाको जमात राजनीतिमा प्रवेश गरेको छ। त्यसैले यो सरकारलाई प्रेसर छ। प्रधानमन्त्रीले यो पहिला सुशासन र आर्थिक सुधारतर्फ जानुपर्छ। जनता प्रत्यक्ष मारमा परेका कुराबाट मुक्ति बनाउने काम गर्नुपर्छ। सरकारले व्यवहारिक रूपमा हामी छौ भनेर देखाउन सक्नुपर्छ।

गृहमन्त्री बनेका रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा विचाराधीन हुँदा त्यसको प्रभाव यो सरकारलाई कत्तिको पर्छ ?
यो विषय स्वार्थ र द्वन्द्वमा पर्दछ। उहाँको जुन अभियान थियो सुशासन र भ्रष्टाचार मुक्त देश त्यसमा नै उहाँ चुक्नुभयो। गृहमन्त्री उहाँ आफै हुँदा प्रहरी प्रशासनले राम्ररी छानबिन गर्न सक्दैन। मुद्दा कमजोर हुन्छ। प्रहरी प्रशासनले उहाँको नागरिकता र राहदानीको छुट्टै अनुसन्धान गरेको छ।

ठूलो दल बन्न स्वतन्त्रलाई ल्याइएको हो ?
मानवीय स्वभावले अवसर पाउँदा किन मन्त्री नबन्ने भनेर आकांक्षा राख्नु अपराध होइन। अरू पार्टीले गरेको जस्तो गल्ती हामीले गर्दैनौ है भनेर जनताको मन जित्नुपर्छ। यसरी एकै पटक मन्त्री बन्न जाँदा जनताले राम्रो मान्दैनन्। शक्तिको लागि ल्याइएको हो।

गठबन्धनमा सहभागी माओवादी छोडेर जानु कांग्रेस बलियो हुनु हो ?
जो विपक्षमा हुन्छ उ जहिले पनि बलियो हुन्छ। अब जनताको पक्षमा कांग्रेसले काम गर्ने मौका पाएको छ।

(एभिन्युजसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतको प्रस्तुति) 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  २ : ०८ बजे

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी