प्रचण्डलाई मन्त्री मिलाउनै सकस « Khabarhub

प्रचण्डलाई मन्त्री मिलाउनै सकस

आफ्नै पार्टीका नेताहरुको असन्तुष्टि, नियन्त्रण ओलीको हातमा


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको व्यवस्थापन गर्नै सकस देखिएको छ । एमालेसँग गठबन्धन गरेर आफ्नै नेतृत्वमा सरकार बनाएका प्रचण्डले मन्त्रीहरूको व्यवस्थापनमा भने सुरुदेखि नै चुनौति झेल्नु पर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धन र सत्ता सञ्चालनका मुख्य नेता हुन् । उनकै नेतृत्वमा सरकारका न्यनतम साझा कार्यक्रम सम्पादन समिति पनि गठन गरिएको छ । तर ओलीले प्रचण्ड नेतृत्वको सरकारमा काम गर्ने खालका भन्दा केवल भाषण गर्न दिन बिताउन मन्त्रालय पुग्ने मन्त्रीहरूको छनौट गरेर सरकारमा पठाएका छन् ।

पहिलोपटक संसद्मा पुगेर पनि सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता यतिबेला निर्णायक देखिन्छ । रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले एकपछि अर्को गरि काम देखाउन खोजिरहेका छन् ।

तर बाँकी मन्त्रीको काम देखिने संकेत पनि देखिएको छैन । शपथ खाएका धेरै मन्त्री विना विभागीय छन् । उनीहरूले उचित जिम्मेवारी पाएका छैनन् । सबै मन्त्रालयको जिम्मेवारी दिने गरि थप मन्त्रीको शपथ प्रचण्डले विश्वासको मत लिएपछि मात्रै गर्ने तयारी छ ।

यसले पनि प्रचण्डको काम देखिने सम्भावना कम छ । उपप्रधानमन्त्री तथा भौतिक एवं पूर्वाधार मन्त्री बनेका नारायणकाजी श्रेष्ठलाई वरियतामै चित्त बुझेको छैन । अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलभन्दा आफू पछि परेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

अर्थमन्त्रीसँग असन्तुष्ट रहेका श्रेष्ठ माओवादीमा एमालेसँग गठबन्धन गर्न प्रयास गरेका एक मुख्य नेता हुन् । जसले गर्दा उनी प्रचण्ड सरकारमा आफू हावी हुन चाहन्छन् । तर प्रचण्ड सरकारको खास चाबी एमालेसँग छ ।

एमाले अध्यक्ष ओलीले जसलाई मन्त्री बनाउन चाह्यो वा जसलाई वरियतामा शीर्ष स्थान दिन चाह्यो, उसैले पाउने सम्भावना छ । यसले पनि मन्त्री बनाउनेदेखि मन्त्रीको कार्यसम्पादनमा समेत प्रचण्डले ठूलो स्वर गर्न पाउने सम्भावना कम देखिन्छ ।

यस्तो अवस्थामा प्रचण्ड सरकारले दुई वर्षको नेतृत्व गर्ने अवसर पाउँदा जनतालाई महसुस हुने गरि परिवर्तन र नयाँ कामको उपलब्धि देखाउने सम्भावना कम छ । त्यसमाथि सरकारमा रहेका मन्त्री योजना बोकेका र क्षमता भएका भन्दा सत्ता गठबन्धनको लेनदेनमा धमिलो पानीमा माछा मार्ने दाउ मात्रै हुनेछ ।

जसले गर्दा प्रचण्ड नेतृत्वको सरकारले आगामी दिनमा जनतालाई उपलब्धि देखाउन मुस्किल छ । केवल मन्त्रीको इच्छा, चाहना र कमिसन योजना पूरा हुने देखिएपनि देश विकासको आवश्यकता सम्बोधन गर्ने सम्भावना धेरै न्यून देखिन्छ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ०४ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा