प्रचण्डलाई मन्त्री मिलाउनै सकस « Khabarhub

प्रचण्डलाई मन्त्री मिलाउनै सकस

आफ्नै पार्टीका नेताहरुको असन्तुष्टि, नियन्त्रण ओलीको हातमा


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको व्यवस्थापन गर्नै सकस देखिएको छ । एमालेसँग गठबन्धन गरेर आफ्नै नेतृत्वमा सरकार बनाएका प्रचण्डले मन्त्रीहरूको व्यवस्थापनमा भने सुरुदेखि नै चुनौति झेल्नु पर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धन र सत्ता सञ्चालनका मुख्य नेता हुन् । उनकै नेतृत्वमा सरकारका न्यनतम साझा कार्यक्रम सम्पादन समिति पनि गठन गरिएको छ । तर ओलीले प्रचण्ड नेतृत्वको सरकारमा काम गर्ने खालका भन्दा केवल भाषण गर्न दिन बिताउन मन्त्रालय पुग्ने मन्त्रीहरूको छनौट गरेर सरकारमा पठाएका छन् ।

पहिलोपटक संसद्मा पुगेर पनि सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता यतिबेला निर्णायक देखिन्छ । रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले एकपछि अर्को गरि काम देखाउन खोजिरहेका छन् ।

तर बाँकी मन्त्रीको काम देखिने संकेत पनि देखिएको छैन । शपथ खाएका धेरै मन्त्री विना विभागीय छन् । उनीहरूले उचित जिम्मेवारी पाएका छैनन् । सबै मन्त्रालयको जिम्मेवारी दिने गरि थप मन्त्रीको शपथ प्रचण्डले विश्वासको मत लिएपछि मात्रै गर्ने तयारी छ ।

यसले पनि प्रचण्डको काम देखिने सम्भावना कम छ । उपप्रधानमन्त्री तथा भौतिक एवं पूर्वाधार मन्त्री बनेका नारायणकाजी श्रेष्ठलाई वरियतामै चित्त बुझेको छैन । अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलभन्दा आफू पछि परेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

अर्थमन्त्रीसँग असन्तुष्ट रहेका श्रेष्ठ माओवादीमा एमालेसँग गठबन्धन गर्न प्रयास गरेका एक मुख्य नेता हुन् । जसले गर्दा उनी प्रचण्ड सरकारमा आफू हावी हुन चाहन्छन् । तर प्रचण्ड सरकारको खास चाबी एमालेसँग छ ।

एमाले अध्यक्ष ओलीले जसलाई मन्त्री बनाउन चाह्यो वा जसलाई वरियतामा शीर्ष स्थान दिन चाह्यो, उसैले पाउने सम्भावना छ । यसले पनि मन्त्री बनाउनेदेखि मन्त्रीको कार्यसम्पादनमा समेत प्रचण्डले ठूलो स्वर गर्न पाउने सम्भावना कम देखिन्छ ।

यस्तो अवस्थामा प्रचण्ड सरकारले दुई वर्षको नेतृत्व गर्ने अवसर पाउँदा जनतालाई महसुस हुने गरि परिवर्तन र नयाँ कामको उपलब्धि देखाउने सम्भावना कम छ । त्यसमाथि सरकारमा रहेका मन्त्री योजना बोकेका र क्षमता भएका भन्दा सत्ता गठबन्धनको लेनदेनमा धमिलो पानीमा माछा मार्ने दाउ मात्रै हुनेछ ।

जसले गर्दा प्रचण्ड नेतृत्वको सरकारले आगामी दिनमा जनतालाई उपलब्धि देखाउन मुस्किल छ । केवल मन्त्रीको इच्छा, चाहना र कमिसन योजना पूरा हुने देखिएपनि देश विकासको आवश्यकता सम्बोधन गर्ने सम्भावना धेरै न्यून देखिन्छ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ०४ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको