महोत्तरीमा सडक दुर्घटनामा १६ जनाको मृत्यु « Khabarhub

महोत्तरीमा सडक दुर्घटनामा १६ जनाको मृत्यु


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– कात्तिकको पहिलो हप्ता मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका-२ का २४ वर्षीय विवेक यादवको घटनास्थलमै मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल चलाइरहेका विवेकको मात्र हैन, उनको पछाडि बसेका गौशाला नगरपालिका-४ रजखोरका कृष्ण यादवको पनि ज्यान गयो ।

त्यसको केही सातापछि सम्सी सडकखण्डमा तीव्र गतिकै सवारी चलाएका कारण बर्दिबास नगरपालिका-१४ का २२ वर्षीय अन्जान बलाम्पाकीले ज्यान गुमाए । उनीहरु जस्तै युवावस्थामै ज्यान गुमाउनेको शृंखला रोकिएको छैन । कात्तिक र मंसिरमा महोत्तरीमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीको अनुसार २०२ जना घाइते बनेका छन् । कात्तिक र मंसिरमा साना र ठूला गरी १४० वटा दुर्घटना भएका छन्।

जिल्लामा मुख्य राजमार्गमा भन्दा भित्री सडकमै दुर्घटना बढी हुने गरेको पाइएको छ । पछिल्लो दुई महिनाको अवधिमा भित्री सडकमा  १३ जनाको ज्यान गएको छ । बाँकी तीनजनाको मुख्य राजमार्गमा दुर्घटना हुँदा ज्यान गएको हो ।

बाइक दुर्घटनामा परेर मृत्यु हुनेमा प्रायः युवा छन् । प्रहरीका अनुसार तीव्र गति र मादक पदार्थसमेत प्रयोग गरेर चलाउने भएकाले दुर्घटनाको मुख्य कारक बनेको जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख उदयसिंह सिँजापतिले जानकारी दिए  ।

दुर्घटना न्यूनीकरण हुन नसकेपछि प्रहरीले कारबाही प्रक्रियालाई सक्रिय बनाएको छ । पछिल्लो दुई महिनामा मात्र ६ हजार १५० सवारी कारबाहीमा परेका छन् । जसमध्ये धेरैजसो तीव्र गतिमा सवार चालकलाई कारबाही गरिएको छ । कात्तिकमा २८ सय ५० र मंसिरमा ३३ सयलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । 

यो अवधिमा ४६ लाखभन्दा बढी राजस्व नै उठेको प्रमुख सिँजापतिले जानकारी दिए । ‘पहिले पहिले औरही सडकखण्डमा कम दुर्घटना हुन्थ्यो । किनभने त्यहाँ सडक कच्ची थियो । जसले गर्दा जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर जाँदा पनि सम्सी सडकखण्ड प्रयोग गर्थे,’ उनले भने । हिजोआज उत्तरी क्षेत्रका बासिन्दा औरही सडकखण्ड नै अधिक प्रयोग गर्ने गर्दछन्, जसले दुर्घटनाको संख्या वृद्धि भएको प्रहरीको बुझाइ छ ।

भित्री सडकहरू पक्की बनेसँगै ट्राफिक प्रहरीहरूको व्यस्तता पनि निक्कै बढेको छ । आगामी दिनमा औरही सडकखण्डको सडक पक्की बनेपछि जनशक्तिको समेत अभाव हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ । 

सम्सी सडकखण्डमा त दैनिकजसो नै दुर्घटना हुने गर्दछ । सम्सी नाका र जलेश्वर जानेहरूले अहिले पनि यही सडक प्रयोग गर्दछन्। दुवै भित्री सडक होस् या मुख्य राजमार्ग दुर्घटनाको मुख्य कारक तीव्र गति र मादक पदार्थ सेवन गरेर चलाउनु नै रहेको प्रहरीको निष्कर्ष छ । जिल्लामा दुर्घटनाका संख्या बढ्न थालेपछि ट्राफिक कार्यालयले समुदायस्तरमा अहिले जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : १२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर