जुम्लामा लागूऔषधकाे प्रयोग र कारोबार बढ्दै « Khabarhub

जुम्लामा लागूऔषधकाे प्रयोग र कारोबार बढ्दै


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पछिल्लो समय जुम्लामा लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । 

‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागूऔषधसम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ,’ उनले भने,  ‘प्रहरीको एकल प्रयासले मात्रै लागूऔषध रोक्न सकिँदैन । यसमा स्थानीय सरकार र यहा राजनीतिक दलहरू पनि लाग्नुपर्ने जरुरी छ ।’  

डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीच लागूऔषध निर्मूल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावको हेलचेक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागूऔषधको कुलतमा फस्दै जान थालेका हुन्र । जुम्ला प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेकाहरुको उमेर  १८ वर्षदेखि ४० वर्षसम्मका बढी छन् । 

जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा ब्राउनसुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८-७९मा ब्राउनसुगर र चरेस गरी सातवटा मुद्दा दर्ता भएका छन्। चालू आवमा ब्राउन सुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन् । जुम्ला प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा १८ देखि ४० वर्ष उम्मेरका ४४ जना पक्राउ परेका छन् । १८ वर्षभन्दा मुनिका तीनजना छन्। ४० देखि ६० वर्षका २ जना छन् ।

प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको  जुम्लाका प्रमुख  जिल्ल अधिकारी मुकेशकुमार केशरीले बताए । उनले भने, ‘जुम्ला लागूऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागूऔषधको कुलतमा फसेको पाइन्छ ।’ 

सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले ब्राउनसुगर जस्ता लागूऔषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागूऔषध कारोबारीहरूको सञ्जाल तोड्न प्रहरीसँग सहकार्य गर्ने बताए । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ४६ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ