जुम्लामा लागूऔषधकाे प्रयोग र कारोबार बढ्दै « Khabarhub

जुम्लामा लागूऔषधकाे प्रयोग र कारोबार बढ्दै


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पछिल्लो समय जुम्लामा लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । 

‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागूऔषधसम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ,’ उनले भने,  ‘प्रहरीको एकल प्रयासले मात्रै लागूऔषध रोक्न सकिँदैन । यसमा स्थानीय सरकार र यहा राजनीतिक दलहरू पनि लाग्नुपर्ने जरुरी छ ।’  

डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीच लागूऔषध निर्मूल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावको हेलचेक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागूऔषधको कुलतमा फस्दै जान थालेका हुन्र । जुम्ला प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेकाहरुको उमेर  १८ वर्षदेखि ४० वर्षसम्मका बढी छन् । 

जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा ब्राउनसुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८-७९मा ब्राउनसुगर र चरेस गरी सातवटा मुद्दा दर्ता भएका छन्। चालू आवमा ब्राउन सुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन् । जुम्ला प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा १८ देखि ४० वर्ष उम्मेरका ४४ जना पक्राउ परेका छन् । १८ वर्षभन्दा मुनिका तीनजना छन्। ४० देखि ६० वर्षका २ जना छन् ।

प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको  जुम्लाका प्रमुख  जिल्ल अधिकारी मुकेशकुमार केशरीले बताए । उनले भने, ‘जुम्ला लागूऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागूऔषधको कुलतमा फसेको पाइन्छ ।’ 

सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले ब्राउनसुगर जस्ता लागूऔषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागूऔषध कारोबारीहरूको सञ्जाल तोड्न प्रहरीसँग सहकार्य गर्ने बताए । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ४६ बजे

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित