सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने  « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने 


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिका लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए ।

प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ३ : २९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७