निलम्बन फुकुवासँगै सन्दीपको मैदान फर्किने बाटो खुल्यो « Khabarhub

निलम्बन फुकुवासँगै सन्दीपको मैदान फर्किने बाटो खुल्यो


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारको आरोपमा थुनाबाट धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेका लागि खेलका लागि मैदान फर्किने बाटो खुलेको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेसँगै खेलका लागि बाटो खुलेको हो ।

मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको शर्तसहित धरौटीमा रिहा भएका हुन् ।

उच्च अदालतको निर्णयपछि क्यानले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको हो ।

गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ३३ बजे

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो