बानेश्वर आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग लियो प्रहरीले बयान « Khabarhub

बानेश्वर आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग लियो प्रहरीले बयान


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक साताअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।

काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएपछि  महतोसँग प्रहरीले बयान लिएको हो  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलबार बयान लिएको बताए। उनका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका आरोपबारेमा प्रहरले व्यवसायी महतोसँग बयान लिएको हो। आचार्यले महतोको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यको मृत्युपछि उनकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्। सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिइएको थियो।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ४४ बजे

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए

अभिनेत्री केटको लुक्स परिवर्तन

लस एन्जलस – हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ – कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ।