ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि « Khabarhub

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो ।

वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिए । स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि उच्च रक्तचाप र मधुमेहको औषधि वितरण थालिएको हो ।

“अहिले ६० वर्ष कटेका ५४ जना उच्च रक्तचाप र मधुमेहका बिरामी भेटिनुभएको छ । उहाँहरूमध्ये सात जना दुवै समस्याबाट ग्रसित हुनुहुँदोरहेछ”, वडाध्यक्ष राईले भने, “कतिपयले औषधि खाने गर्नुभएको रहेछ भने रोग लागेको भए पनि कतिपयले औषधि सेवन नगरेको पायौँ ।” वडाले निःशुल्क औषधि वितरण गरेपछि भने सबैले औषधि सेवन गर्न थालेको वडाध्यक्ष राईको भनाइ छ ।

वडाको बजेटबाट याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरी स्वास्थ्यचौकी ओयाममार्फत वितरण थालेको छ । “बिरामीले सेवन गर्ने गरेका उच्च रक्तचाप र मधुमेहका २३ प्रकारका औषधि खरिद गरी वितरण गरेका छौँ”, उनले भने, “त्रैमासिकरूपमा औषधि वितरण गर्ने योजना बनाएका छौँ ।” हालसम्म छ महिनाको औषधि वितरण भइसकेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ११ : ०५ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार