बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि « Khabarhub

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ। गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो।

अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो। केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिए। “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उनले भने।

केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ। बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन्।

बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जसको बजार मूल्य करिब रु एक करोड बराबर रहेको गाउँपालिका कृषि शाखाप्रमुख अधिकारीले बताए।

काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिए। बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ। यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको उनले बताए।

उनले भने, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो।” उहाँका अनुसार अघिल्लो वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ।

बन्दीपुरका ग्रामीण क्षेत्रमा सुन्तला उत्पादनका लागि सुन्तला जोन घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। “व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाउँछौँ”, उनले भने।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ०२ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित