अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान सञ्चालन  « Khabarhub

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान सञ्चालन 


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

राँझा– अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान सञ्चालन गरेको हो । 

उक्त अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायीलगायत सरोकारवालासँग पशु कल्याण सुनिश्चिताको विषयलाई उठान गर्दे अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त अभियानका बारेमा समन्वय तथा सहकार्य सुरु गरेको एनिमल नेपालका कार्यक्रम संयोजक तथा पिँजडा मुक्त कुखुरा अभियानका अभियानकर्मी मधु कट्टेलले जानकारी दिए। 

उनका अनुसार पशुपक्षी कल्याणको विषयमा सरोकारवालाको ध्यान जान नसक्दा अण्डा उत्पादन गर्ने कुखुराले साँघुरो खोरमा हलचल गर्न नपाउने गरी राखिँदा सास्ती भइरहेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै अण्डा उत्पादन गर्ने कुखुराका लागि पिँजडा मुक्त अभियान सुरु गरिएको हो । 

‘कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफैँ खोज्ने पक्षी हो, तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचलसम्म गर्ने स्थान नदिएर आजीवन जबर्जस्ती अण्डा दिन उत्पादन गरिन्छ’, उनले भने, ‘कुखुरा पनि जीवित पक्षी भएकाले मानिस जस्तै दुखाइभोगाइ महसुस गर्छन्, तर मानिसले व्यापार व्यवसायमा फाइदाका लागि कुखुरा पनि जीवित पक्षी हो भन्ने बिर्सिएको छ ।’

अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियान सफल बनाउन सरोकारवालाको साथको अपेक्षा गरेको उनले बताए। कुखुरालाई सास्ती दिएर जबर्जस्ती उत्पादन गरिएको अण्डा मानिसका लागि भिटामिन योग्य नहुने वरिष्ठ पशु चिकित्सक डा अतिसकुमार यादवले बताए । ‘पशुपक्षीका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरको व्यवहारअनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ’, वरिष्ठ पशु चिकित्सक यादवले भने, ‘पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु  स्वस्थ हुन्छ, अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने गर्दछ ।’

पशु कल्याणको क्षेत्रमा विगत १३ वर्षदेखि काम गरिरहेको एनिमल नेपालले बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा पशु कल्याणको काम गरिरहेको नगरप्रमुख प्रशान्त बिष्टले बताए। उनले एनिमल नेपालले अगाडि सारेको अभियानमा उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिए।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : १३ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो