पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न « Khabarhub

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। 

हाल ११  सम्पदाको पुनःनिर्माण भइरहेको छ ।  पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुनसकेको छैन । स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो । 

हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विश्वरुप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ । 

विश्वरुप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो । जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : २९ बजे

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।

संसदीय सुनुवाइ समितिमा उजुरी : शर्मालाई प्रधानन्यायाधीश बनाउने होइन, महाभियोग लगाउनुपर्छ

काठमाडौं- प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज कुमार शर्माको नियुक्ति

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

तेहरान- सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र