भीमदत्तमा जग्गाको वर्गीकरण, कृषि क्षेत्र जमिन चार प्रतिशत | Khabarhub Khabarhub

भीमदत्तमा जग्गाको वर्गीकरण, कृषि क्षेत्र जमिन चार प्रतिशत


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । नगरपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार भीमदत्तमा कृषि क्षेत्र जमिन न्यून छ । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको जमिन चार दशमलव दुई प्रतिशत छ । तराईको अन्नभण्डारको रुपमा रहेको कञ्चनपुरमा कृषि क्षेत्रको जग्गा खण्डिकरण हुँदै गएको छ । भीमदत्तले गरेको वर्गीकरण अनुसार सबैभन्दा बढी आवासीय क्षेत्र ६१.२१ प्रतिशत छ । 

त्यसैगरी व्यावसायिक २.४, सांस्कृतिक ०.०८, जङ्गल ०.९, तालतलैया १.७, औद्योगिक ०.०४, खनिज ०.०१, सार्वजनिक २९.३६ र अन्य ०.०९ प्रतिशत जग्गा छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले आवासीय क्षेत्र बढी भएका कारण कृषि क्षेत्रको जग्गा घटेको बताए । ‘सबैलाई बैंकिङ कारोबारका लागि बाटो चाहियो, मापदण्ड अनुसार बाटो भएको जग्गा आवासीय क्षेत्रमा पर्छ’, उनले भने, ‘आवासीय जग्गा बढी भएकै कारण कृषि क्षेत्रको जग्गा न्यून भएको हो ।’ 

नगरपालिकाभित्रको जग्गा संरक्षण गर्न र खण्डिकरण हुन नदिन जग्गालाई आवासीय र कृषि क्षेत्रलगायत दश वटा क्षेत्रमा वर्गीकरण गरिएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । उनका अनुसार १९ वटै वडामा रहेका व्यक्तिगत तथा सार्वजनिक जमिनको कित्ताअनुरूप जग्गा वर्गीकरण गरिएको हो । ‘नगरपालिकाको भू-उपयोग नीति अन्तर्गत ९७ हजार एक सय ५२ कित्तालाई हामीले भू-उपयोग ऐन २०७६ तथा भू-उपभोग नियमावली २०७९ को मापदण्डका आधारमा जमिनको वर्गीकरण गरेका छौँ’, उनले भने, ‘जग्गा वर्गीकरण गरेसँगै लामो समयदेखि बन्द रहेको कित्ताकाट खुला भएको छ ।’

उनले कसैको जग्गा कृषि हुनुपर्नेमा आवासीय भए वा भू-उपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिकामा निवेदन दिनुपर्ने बताए। 

‘स्थानीय भू-उपयोग परिषद्को बैठकमा भू-उपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेस गर्छ र प्रदेश भू-उपयोग परिषदमा पठाउँछ’, प्रवक्ता खड्काले भने, ‘संघीय भू-उपयोग परिषदले औचित्य पुष्टि भएपछि कित्ता परिवर्तन गर्न स्वीकृत दिन्छ ।’ नगरपालिकाले भू-उपयोग क्षेत्रको कित्तागत वर्गीकरण सम्पन्न गरी वर्गीकरण विवरण मालपोत कार्यालय, नापी कार्यालय हस्तान्तरण गरेपछि कित्ताकाट खुलेको हो । 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ०८ बजे

बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

बागलुङ– बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न

स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना

कैलालीको घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल

कैलाली– विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल

मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु

लेबनान – इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान

महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

यूएई – न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश