राष्ट्रसंघद्वारा सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग « Khabarhub

राष्ट्रसंघद्वारा सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले सुडानमा रहेका शरणार्थीका लागि सहयोगको माग गरेको छ । संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग शरणार्थीलाई सहयोग गर्नका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।

विभिन्न ४१ वटा सङ्घसस्था तथा देशहरुलाई राष्ट्रसंघीय उच्च आयोगले सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो । हाल सुडानमा नौ लाख शरणार्थी रहेका र उनीहरुका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।

उक्त आयुक्तको कार्यालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो । सुडान अफ्रिकी देशमा शरणार्थीहरुलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ०२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको