कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी र गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी र गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । कालीकोटमा आर्थिक वर्ष २०७८/८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो ।

दुर्गम क्षेत्रका गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएमा प्रभावकारी देखिएको छ । दुई वर्षयता १९ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताए । “हवाई उद्धार गरिएका १९ जनामध्ये १३ जना २० वर्षमुनिका रहेका छन्”, उनले भने, “गर्भवती र सुत्केरीले प्रश्रव अवस्थाका कारण ज्यान गुमाउनु परेकामा हाल त्यो सङ्ख्या घटेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।”

स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । “महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने रु दुई लाख खर्च सरकारले व्यहोर्दै आएको छ”, उनले भने, “राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ ।”

विगतमा हवाई उद्धार नहुँदा कैयौँले बाटोमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको र अहिले सुत्केरी तथा गर्भवती महिलालाई हवाई उद्धार गर्दा नवजात शिशुको मृत्युदर र मातृमृत्यु दर पनि घटेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ५६ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको