म्यान्मारको हुन्टा सरकारद्वारा मुलुकमा जारी सङ्कटकाल थप छ महिना लम्ब्याउने घोषणा | Khabarhub Khabarhub

म्यान्मारको हुन्टा सरकारद्वारा मुलुकमा जारी सङ्कटकाल थप छ महिना लम्ब्याउने घोषणा


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ ।

देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो ।

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार हुन्टाका प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रहलाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।

म्यान्मारमा दुई वर्षअघि भएको सैन्य ‘कू’ पछि हुन्टा सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय जनाको मृत्यु भएको छ भने सयौैँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ३३ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड