जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पतालका डाइबेटिक रेटिनोप्याथीका बिरामीका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थिति आज अस्पतालमा आयोजित समारोहमा उक्त उपकरण हस्तान्तरण गरिएको हो ।

जापान सरकारको ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’ जिजिपीको करिब एक लाख ५४ हजार एक सय अमेरिकी डलर अनुदान सहयोगमा उक्त चिकित्सा उपकरण जडान गरिएको हो । जिजिपी तल्लो तहका सामुदायको सामाजिक–आर्थिक विकासमा जनतालाई प्रत्यक्ष लाभ हुनेगरी स्थापना गरिएको परियोजना हो ।

सो अवसरमा राजदूत किकुताले उक्त परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै उचित चिकित्सा उपकरण नहुँदा बिरामीलाई आवश्यकताअनुसार निदान र उपचार गर्न नसकिने उल्लेख गरे ।

उनले डाइबेटिक रेटिनोप्याथीबाट पीडित व्यक्ति नेपालको ठूलो रोगबाट पीडितमध्ये एक भएको र त्यस्ता व्यक्तिलाई परियोजनाद्वारा प्रदान गरिएको चिकित्सा उपकरणले राम्रो चिकित्सा सेवा प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले यस परियोजनाको सहयोगले नेपालमा स्वास्थ्य सेवाको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच थप आदानप्रदानमा हुनेसमेत बताए । राजदूत किकुताले सो अवसरमा नेपालले जापानमा पहिलो पटक आठ विद्यार्थी अध्ययनका लागि पठाएको सन् २०२२ मा १२०औँ वार्षिकोत्सव मनाउन पाउँदा खुसी व्यक्त गरे ।

दूतावासले यो सहयोगले अस्पतालमा आउने बिरामीलाई थप सहयोग पुग्ने र यसले नेपाल र जापानका जनताबीचको मित्रतालाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरेको छ । कीर्तिपुर आँखा अस्पताल नेपाल नेत्र ज्योति सङ्घद्वारा स्थापना भएको हो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ४२ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा