यस्ता छन् क्रिकेट सङ्घका निर्णय « Khabarhub

यस्ता छन् क्रिकेट सङ्घका निर्णय


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानको पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

बैठकले पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा सङ्घका एन्टी करप्सन अफिसर रितेश सिंह र एक सदस्य पछि थप्ने गरी तीन सदस्यीय ‘क्यान इन्टिग्रिटी कमिटी’ गठन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

यस्तै सङ्घको वार्षिक साधारणसभा आउँदो फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन पुकुवा गर्ने निर्णय गरेको छ । अनुशासन उल्लङ्घनको कारबाहीमा परी लामिछाने निलम्वनमा परेका थिए ।

यस्तै आउँदो ६ महिनाका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राखिने भएको छ । जसमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख ग्रडे ‘बी’ मा आरिफ शेख, कुशल भूर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

ग्रेड ‘सी’ मा कमलसिँह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कँुवर, अस्मिना कर्माचार्य, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ कार्यमा संलग्न खेलाडी र व्यक्तिमाथि आइसिसी र क्यानको ‘कोड अफ कण्डक्ट’ बमोजिम कारबाही अघि बढाइने सङ्घले जनाएको छ । नेपाल टी–२० प्रतियोगिता सम्पन्न भइसकेकाले ‘गर्भनिङ काउन्सिल’ लाई विघटन गरिएको सङ्घले जनाएको छ ।

सङ्घले कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी त्यागेकाले कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मा दिएको छ । बागलुङ र पर्वत जिल्ला क्रिकेट सङ्घ तदर्थ समितिलाई मान्यता दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ५१ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा