यस्ता छन् क्रिकेट सङ्घका निर्णय | Khabarhub Khabarhub

यस्ता छन् क्रिकेट सङ्घका निर्णय


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानको पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

बैठकले पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा सङ्घका एन्टी करप्सन अफिसर रितेश सिंह र एक सदस्य पछि थप्ने गरी तीन सदस्यीय ‘क्यान इन्टिग्रिटी कमिटी’ गठन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

यस्तै सङ्घको वार्षिक साधारणसभा आउँदो फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन पुकुवा गर्ने निर्णय गरेको छ । अनुशासन उल्लङ्घनको कारबाहीमा परी लामिछाने निलम्वनमा परेका थिए ।

यस्तै आउँदो ६ महिनाका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राखिने भएको छ । जसमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख ग्रडे ‘बी’ मा आरिफ शेख, कुशल भूर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

ग्रेड ‘सी’ मा कमलसिँह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कँुवर, अस्मिना कर्माचार्य, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ कार्यमा संलग्न खेलाडी र व्यक्तिमाथि आइसिसी र क्यानको ‘कोड अफ कण्डक्ट’ बमोजिम कारबाही अघि बढाइने सङ्घले जनाएको छ । नेपाल टी–२० प्रतियोगिता सम्पन्न भइसकेकाले ‘गर्भनिङ काउन्सिल’ लाई विघटन गरिएको सङ्घले जनाएको छ ।

सङ्घले कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी त्यागेकाले कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मा दिएको छ । बागलुङ र पर्वत जिल्ला क्रिकेट सङ्घ तदर्थ समितिलाई मान्यता दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ५१ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना