कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा. महत « Khabarhub

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा. महत


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् ।

नुवाकोटको तादी गाउँपालिकामा आजदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’ को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा. महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए । कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने उनको दाबी छ ।

“गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो”, प्रवक्ता डा. महतले भने, “ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरुपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।”

प्रतिपक्षमा रहेको कांग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने उनले चेतावनी दिए । भलिबल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री डा. महतले खेलले शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिसमेत दिने भएकाले खेललाई मनोरञ्जन मात्रै नभई स्वस्थ्य जीवनका लागि अपरिहार्यता रहेको बताए ।

खेलकुदले बहुआमायिक लाभ पुग्ने भन्दै विकास, परिवर्तन र राष्ट्रिय एकतामा खेल र संस्कृति सबैभन्दा बलियो हतियार रहेकाले राजनीतिक हस्ताक्षेपमुक्त भएर यसको प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ५७ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको