केपी ओली कप फाइनल आज : सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

केपी ओली कप फाइनल आज : सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा सातदोबाटोबीच प्रतिस्पर्धा हुन लागेका हो।

आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुँदै आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुँदैछ।

नेकपा (एमाले) निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग