दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग | Khabarhub Khabarhub

दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानस्थित नेपाली दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग गरी नक्कली डिमाण्ड प्रमाणीकरण गरेको पाइएको छ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै पछिल्लो समय केही गिरोहहरूले नेपाली दूतावास मस्कटको छाप र पदाधिकारीहरूको हस्ताक्षरको दुरूपयोग गरी नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालस्थित म्यानपावरहरूलाई पठाउने गरेको जनाएको छ।

त्यस्ता डिमाण्ड प्रमाणीकरण सम्बन्धी कागजातहरू विशेष गरी बिहीबार नेपालमा उपलब्ध गराउने र आइतबार मात्र दूतावासबाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा अपलोड हुने भनी झुक्याएर आर्थिक ठगी गर्ने गरेको गुनासो दूतावासमा प्राप्त हुने गरेको जनाएको छ।

साथै म्यानपावरबाट उक्त कागजात एफइआईएमएसमा अपलोड गर्न दूतावासमा अनुरोध गर्दै इमेल प्राप्त हुने गरेको भन्दै दूतवासबाट प्रमाणीकरण हुने डिमाण्डहरू प्रत्येक दिन भोलिपल्ट बिहानसम्ममा एफइआईएमएसमा अपलोड भइसक्ने र बिहीबार भएका डिमाण्डहरू सोहि दिन साँझसम्म एफइआईएमएसमा अपलोड गरिसकिने गरिएकोले यस किसिमका गिरोहसँग सतर्क रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको दूतावासले जनाएको छ।

साथै,दूतावासबाट प्रमाणीकरण भएका कुनै मागपत्र सम्बन्धमा थप जानकारी चाहिएमा नियोगको इमेल [email protected] मार्फत जानकारी लिन सकिने समेत समेत दूतावासले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : २१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको