टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत  « Khabarhub

टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत 


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ।

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पुनरागमन जितमा  जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटकाले गोल गरेर जीत पक्का गरेका हुन्।

एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि युभेटसलाई १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा ल्याई दिए।

४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे।

यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत् रहेको छ भने त टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया