मकैमा अमेरिकी फौजी कीरा | Khabarhub Khabarhub

मकैमा अमेरिकी फौजी कीरा


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।

केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए।

वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ । यो कीराले क्षति पुर्‍याएको बिरुवा बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।

“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भने, “लार्भाले खाँदै गर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ४८ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा