बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  « Khabarhub

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : १३ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा