बागलुङमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु, १३ घाइते « Khabarhub

बागलुङमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु, १३ घाइते


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने १३ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्यांकअनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाइ गर्नुका साथै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिए पनि दुर्घटना न्यूनीकरण भएको छैन ।

जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार विस्तार भइरहेका ठाउँमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काले बताए। उनले ग्रामीण सडक साँघुरो, धेरै कच्ची हरेको र त्यस्ता सडकमा तीव्र गतिमा यातायातका साधन चलाउँदा दुर्घटना हुने गरेको बताए ।

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकमा चालकले मादकपर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको उनको भनाइ छ । उनले भने ‘दुर्घटना न्यूनीकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनुपर्ने देखिन्छ, त्यो हामीहरूले गरी राखेका छौँ ।’

जिल्लामा गाडीले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढिरहेको बताए। उनले आठ महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधनलाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत संकलन गरेको बताउँछन्। कारबाही गरे मात्रै दुर्घटना नरोकिने उनको भनाइ छ ।

गत साउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधिमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा टिपर कारबाहीमा परेका छन् । ट्राफिक बागलुङको तथ्यांक हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्यांक हेर्दा आठ सय ७० बस, दुई हजार तीन जिप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारीसाधन कारबाहीमा परेका छन् । हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जिपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधनबाट २० हजार संकलन भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : ५० बजे

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा