कांग्रेस-एमालेद्वारा प्रदेश १ काे नाम ‘कोशी’ प्रस्ताव « Khabarhub

कांग्रेस-एमालेद्वारा प्रदेश १ काे नाम ‘कोशी’ प्रस्ताव


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद् सचिवालयमा  प्रस्ताव दर्ता भएको छ । 

जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । 

 ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्,’ प्रस्तावमा भनिएको छ।

प्रदेश सचिवालयले तोकेको समय सिमा भित्र एक मात्रै नाम प्रस्ताव भएको छ  । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  २ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको