खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सभामुख घिमिरेको सुझाव « Khabarhub

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सभामुख घिमिरेको सुझाव


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले  देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले  विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गरे ।

सभामुख घिमिरेले भने, ‘मुलुकको परिवर्तनमा विशिष्ट योगदान पुर्‍याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिकरूपमै सहयोग पुर्‍याएर अघि बढाउनुपर्छ, संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ ।’ 

कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र  दैनिकी डट कम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार  कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डट कम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो । इञ्जा  ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र  युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिता पुरस्कार  सुरेशकुमार श्रेष्ठ र  नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजारसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा  वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसैगरी समाजसेवामा योगदान पुर्‍याउनु हुने शङ्कर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशील विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई इञ्जा विशेष सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले  इञ्जाले पत्रकारितका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकाको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताए। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको  अझै प्राथमिकतामा नपरेको गुनासो गरे।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत,  क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेको अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको बताए ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ४४ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड