बोला टिनुबु बने नाइजेरियाको नयाँ राष्ट्रपति « Khabarhub

बोला टिनुबु बने नाइजेरियाको नयाँ राष्ट्रपति


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा बोला टिनुबु नयाँ राष्ट्रपति चयन भएका छन् । सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबुले ८० लाख ७९ हजार मत ल्याएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतिकु अबुबकरलाई पराजित गरेका हुन् । नेता अबुबकरले छ लाख ९८ हजार मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट पाएको आयोगका अध्यक्ष महमुद याकुबुले जानकारी दिएका छन् ।

यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको राजधानी लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर समेत हुन् । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उनले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताए । उनले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उनले व्यक्त गरेका छन् ।

निवर्तमान राष्ट्रपति मुहमदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताए । राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उनको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ५८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका