बोला टिनुबु बने नाइजेरियाको नयाँ राष्ट्रपति | Khabarhub Khabarhub

बोला टिनुबु बने नाइजेरियाको नयाँ राष्ट्रपति


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा बोला टिनुबु नयाँ राष्ट्रपति चयन भएका छन् । सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबुले ८० लाख ७९ हजार मत ल्याएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतिकु अबुबकरलाई पराजित गरेका हुन् । नेता अबुबकरले छ लाख ९८ हजार मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट पाएको आयोगका अध्यक्ष महमुद याकुबुले जानकारी दिएका छन् ।

यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको राजधानी लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर समेत हुन् । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उनले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताए । उनले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उनले व्यक्त गरेका छन् ।

निवर्तमान राष्ट्रपति मुहमदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताए । राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उनको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ५८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले