गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए दुर्घटनाको जोखिम छ : कमल थापा « Khabarhub

गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए दुर्घटनाको जोखिम छ : कमल थापा


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरु राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा संलग्न रहेको भन्दै तीव्र रोष प्रकट गरेका छन् ।

पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण रहेको थापाको भनाइ छ ।

आज काठमाडौंमा पार्टीसम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्रकै विकल्प खोज्दै जनता सडकमा आउन बाध्य हुने चेतावनी दिए ।

थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएको बताउँदै यसले व्यवस्था परिवर्तन हुन सक्ने चेतावनी समेत दिए । उनले गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए ठूलो दुर्घटना अवश्यमम्भावी रहेको दाबी गरे ।

‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन् , ठूला नेताहरु ब्रम्हलुटमा लिप्त छन् ।’ थापाले भने, ‘यो दुर्घटनाको सङ्केत हो ।’ भ्रष्टाचार ,बेरोजगारी , कुशासन, धर्मपरिवर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ०६ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा