मुगुमा खाद्यान्नले गोदाम भरि भराउ, खाद्यान्न संकट नहुने अनुमान « Khabarhub

मुगुमा खाद्यान्नले गोदाम भरि भराउ, खाद्यान्न संकट नहुने अनुमान


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरि भराउ भएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरूमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन ।

विगतका वर्षहरूमा प्राय शाखा कार्यालय सँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले  भरि भराउ भएको कार्यालयले जनाएको छ । पछिल्लो समय कार्यालय र डिपो कार्यालयमा चामलको मौज्दात रहे पछि खाद्यान्न लिन आउनेको संख्या पनि वृद्धि भएको कार्यालयले जनाएको छ । 

जिल्लाका डिपो, बिक्री केन्द्रहरूमा चामल ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाले पछिल्लो समय मुगु जिल्लाको लागि ढुवानी प्रक्रियामा सक्रियता बढाए पछि अहिले मुगुमा खाद्यान्नको अभाव बाट चुकेको छ। विगतका वर्षहरूमा मुगु जिल्लाको लागि हेर्दा कहिले चामल प्रदेश राजधानीमै गायब, कहिले दशैँको मुखमा चामल अभाव जस्ता समाचारहरू लेख्न र सुन्न पाइने गरेको थियो । 

अहिले कार्यालय सँगै डिपो कार्यालयहरूमा चामलको प्रयाप्त वृद्धि भएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए । उनका अनुसार शाखा कार्यालय गमगढीको लागि ११ हजार क्विन्टल चामल कोटा रहेको छ भने जसमा ६ हजार क्विन्टल चामल ढुवानी भई करिब ४ हजार क्विन्टल चामल बिक्री वितरण भई सकेको र २ हजार १ सय क्विन्टल चामल मौज्दात रहेको पनि अवगत गराए । 

अहिले प्रत्येक दिनमा चामल लिन दर्जनौँ नागरिक आउने गरेको बताए । मुगुका पुलु र सोरुकोट डिपो कार्यालयमा पनि चामल मौज्दात रहेका छन् । अहिले पुलु र सोरुकोट डिपो केन्द्रमा १ सय क्विन्टल भन्दा बढि खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख भामको भनाई छ ।

अहिले पुलु र सोरुकोट डिपो केन्द्रमा पर्याप्त मात्रामा खाद्यान्न रहेकाले स्थानीय विगतकोजस्तो अभाव नहुने उनले दाबी गरे । खत्याड गाउँपालिकाको श्रीकोट डिपो केन्द्रमा भने चामल अहिले प्रयाप्त मात्रा नरहेको बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : २६ बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर