मुलुकमा संघीयताको जग तयार छ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

मुलुकमा संघीयताको जग तयार छ : प्रदेश प्रमुख गुरुङ


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा संघीयताको जग तयार भएको बताएका छन् । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै उनले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गरे । 

पाँच वर्षअघि शून्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताए। प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

‘प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु’, प्रदेश प्रमुख गुरुङले भने । प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापनाजस्ता कार्यलाई उपलब्धिको रुपमा लिनुपर्ने उनले बताए ।

प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गरे । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उनको भनाइ छ ।

‘प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायका सम्बन्धमा जानकारी गराउने काम भएको छ’, प्रदेश प्रमुख गुरुङले भने ।

जनअपेक्षाअनुरूप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उनले बताए । ‘संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकअधिकारको व्यवहारमा अवलम्बन गर्न-गराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ’, प्रदेश प्रमुख गुरुङले भने ।

उनले ‘समृद्ध प्रदेश, सुखी नागरिक’ को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताए । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गरे ।

गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनले बताए । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : १३ बजे

तेस्रो म्याद सकिएसँँगै चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक

काठमाडौं-  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार

भक्तपुर– सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको