‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’ « Khabarhub

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताएका छन् । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उनले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पारे ।

नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीले आफूसँग गरेको भेटवार्ताका क्रममा नायब महानिरीक्षक गुरुङले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी गराए । गण्डकी प्रदेशमा जापानिज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीले गुरुङसँग गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिबारे जिज्ञासा राखेका थिए ।

जवाफमा गुरुङले सुरक्षा अवस्था सामान्य र पर्यटकका लागि उपयुक्त रहेको बताए। उनले कतिपय स्थानमा पर्यटक पथप्रदर्शक बिना एक्लै हिँड्दा समस्या देखिएकाले पथप्रदर्शक लिएर जान सुझाव दिएको पनि बताए । 

यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिइरहेको बताए । पर्यटकको सुरक्षार्थ दूतावाससँग सूचना आदानप्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको जनाउँदै उनले जापानिज नागरिकलाई पोखरालगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिएर घुम्न पठाउन आग्रह गरे।   

सचिव योसिमुराले शान्ति सुरक्षाको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा माघ १ गते भएको विमान दुर्घटनाले नेपाल आउने जापानी नागरिक रोकिएको र अब सामान्य हुँदै गएपछि आउने नेपाल घुम्न आउने बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ४४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार