‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’ | Khabarhub Khabarhub

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताएका छन् । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उनले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पारे ।

नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीले आफूसँग गरेको भेटवार्ताका क्रममा नायब महानिरीक्षक गुरुङले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी गराए । गण्डकी प्रदेशमा जापानिज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीले गुरुङसँग गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिबारे जिज्ञासा राखेका थिए ।

जवाफमा गुरुङले सुरक्षा अवस्था सामान्य र पर्यटकका लागि उपयुक्त रहेको बताए। उनले कतिपय स्थानमा पर्यटक पथप्रदर्शक बिना एक्लै हिँड्दा समस्या देखिएकाले पथप्रदर्शक लिएर जान सुझाव दिएको पनि बताए । 

यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिइरहेको बताए । पर्यटकको सुरक्षार्थ दूतावाससँग सूचना आदानप्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको जनाउँदै उनले जापानिज नागरिकलाई पोखरालगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिएर घुम्न पठाउन आग्रह गरे।   

सचिव योसिमुराले शान्ति सुरक्षाको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा माघ १ गते भएको विमान दुर्घटनाले नेपाल आउने जापानी नागरिक रोकिएको र अब सामान्य हुँदै गएपछि आउने नेपाल घुम्न आउने बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ४४ बजे

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति