हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ पक्राउ | Khabarhub Khabarhub

हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ पक्राउ


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरियाबाट पक्राउ गरिएको छ । चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरियाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, जिराभवानी गाउँपालिका सखुवनियाका रामशरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलाका ब्रह्मान्द महतो थारु, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगरमियाँ अन्सारी रहेको रहेको वितरण केन्द्र पोखरीयाका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

सो क्रममा एक थान फ्रिज, पङ्खा र मोटर बरामद गरिएको प्रमुख झाले बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग