केपी ओली कपको उपाधि मछिन्द्रलाई « Khabarhub

केपी ओली कपको उपाधि मछिन्द्रलाई


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।

निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल पेनाल्टी शुट आउटमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा मछिन्द्रले सातदोबाटोलाई ४–३ गोलअन्तरले पराजित गर्यो ।

यसअघि केपी एफसीलाई १–० ले पराजित गर्दै मछिन्द्र क्लबले फाइनलको यात्रा तय गरेको थियो । यता त्रिभुवन आर्मीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो ।

नेकपा एमाले निकट युवा स‌‌ंघको आयोजनामा भएको प्रतियोगिताको विजेता मछिन्द्रले उपाधिसहित १० लाख नगद तथा उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसर पारेर पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघले प्रतियोगिताको आयोजना गरेको हो । खेलाडीको पलायनलाई रोक्ने प्रयास स्वरुप यस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार