केपी ओली कपको उपाधि मछिन्द्रलाई | Khabarhub Khabarhub

केपी ओली कपको उपाधि मछिन्द्रलाई


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।

निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल पेनाल्टी शुट आउटमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा मछिन्द्रले सातदोबाटोलाई ४–३ गोलअन्तरले पराजित गर्यो ।

यसअघि केपी एफसीलाई १–० ले पराजित गर्दै मछिन्द्र क्लबले फाइनलको यात्रा तय गरेको थियो । यता त्रिभुवन आर्मीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो ।

नेकपा एमाले निकट युवा स‌‌ंघको आयोजनामा भएको प्रतियोगिताको विजेता मछिन्द्रले उपाधिसहित १० लाख नगद तथा उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसर पारेर पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघले प्रतियोगिताको आयोजना गरेको हो । खेलाडीको पलायनलाई रोक्ने प्रयास स्वरुप यस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका