नेपालगञ्ज उपमहानगरमा आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल | Khabarhub Khabarhub

नेपालगञ्ज उपमहानगरमा आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक वर्ष लगाएर तयार पारिएको उपमहानगरको आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवाला जिआइजेडएलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गर्दै विभिन्न छ उपक्षेत्रसहित तयार गरिएको मस्यौदामाथि छ कार्यसमूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवाला सबै एकै ठाउँमा बसेर साझा खाका बनाई योजनाबद्धरूपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रूप दिन लागिएको हो ।

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छ आर्थिक उपक्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेडएलपेडका परामर्शदाता डा तेजहरि घिमिरेले बताए । विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिवृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाको उपभोग र प्रवर्द्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशनलगायतका विषयलाई समेटिएको उनले उल्लेख गरे । 

संघीय सांसद एवं निवर्तमान नगर प्रमुख डा धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार पिलर भएको बताउँदै यी पिलरको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले नेपालगञ्ज उपमहानगरपालिका आफैँ विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताए। स्थानीय साझेदारको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरूप लिने भन्दै उनले सबैको साझेदारीमा जोड दिए। 

नगर प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने भन्दै उनले स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनको महात्त्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताए । 

यसको कार्यान्वयनका लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताव गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा वाणिज्य सङ्घ, सहकारी सङ्घ, स्थानीय गैरसरकारी संस्था महासङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत सदस्य रहने र सचिवालयको रूपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएकोछ । 

यो रणनीति विसं २०८० देखि २१०० सम्म २० वर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । विसं २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्‍याउने लक्ष्यसहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य रणनीतिमा छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारलाई  हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे । उनले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको उल्लेख गरे । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ०० बजे

जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।