पाकिस्तानको बलुचिस्तानमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द भएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारले बलुचिस्तानको एकमात्र सेनर क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द गरिदिएको बलुचिस्तान पोस्टले जनाएको छ ।

प्रान्तको राजधानी क्वेट्टामा रहेको सेनर क्यान्सर अस्पतालमा पछिल्लो दुई महिनायता औषधिको आपूर्ति ठप्प रहेको जनाइएको छ । यसअघि बलुचिस्तान उपदान कोषबाट उक्त क्यान्सर अस्पतालमा औषधिका लागि खर्चको जोहो हुँदै आएको थियो ।

औषधि नपाएका कारण उपचारका लागि अस्पताल आएका एक सयभन्दा धेरै बिरामी निराश हुँदै घर फर्किन बाध्य भएको अस्पतालका वरिष्ठ चिकित्सक डा. फेरोज खान अचाक्जाईले जनाएका छन् ।

उक्त अस्पतालले प्रान्तका न्यून आय भएका बिरामीलाई सेवा दिँदै आएको छ । यसबारे पाकिस्तानको स्वास्थ्य विभागका अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले मुलुकमा जीवनदायी औषधिको चरम अभाव रहेको जनाएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको