पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराती | Khabarhub Khabarhub

पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराती


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किरातीले देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएकाले सरकार योजनाबद्ध तवरले अगाडि बढेको बताए ।

“हवाई सुरक्षाका लागि प्राविधिक जाँच र फेरबदलसम्मका विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको छ”, उनले भने, “हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ ।”

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै नेपाल वायुसेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने दाबी गरे । उनले नेपालगञ्ज विमानस्थलमा रु तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ३३ बजे

‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल

काठमाडौं– फिल्म ‘गुन्यू चोलो’मा नायक नाजिर हुसेनको लुक्सले चर्चा बटुलेको

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित

जनकपुरधाम– मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ।

भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का

एजेन्सी– भारतमा भएको विधानसभा उपनिर्वाचनमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले शानदार

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

काठमाडौं– मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला